मातृत्व र मातृभूमिको सम्मानमा बुटवलमा भोलि आमा सेमिनार हुने



रुपन्देहीको बुटवलमा भोलि आमा सेमिनार आयोजना हुने भएको छ । मातृत्व र मातृभूमिको सम्मानस्वरुप आमा कार्यक्रम आयोजना गर्न लागिएको हो । 
बुटवल–८, श्रवणपथ (प्रगतिटोल) स्थित मेरीगोल्ड होटलको सभाहलमा आमा सेमिनार हुने मानवसेवा आश्रम ५ नं. प्रदेश संयोजक रुपा केसीले बताउनुभएको छ । 
सेमिनारमा मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष तथा प्रमुख उत्प्रेरक रामजी अधिकारीज्यूले  सहजीकरण गर्नुहुने छ । नाटक दुई घण्टाको हुनेछ ।  यसअघि काठमाडौं, हेटौंडा, चितवन, वीरगञ्ज, बाग्लुङ, गोरखामा सम्पन्न भएको आमा सेमिनार कतार र लण्डनमा समेत अत्यन्त  रुचाइएको थियो । 
भोलि हुने कार्यक्रममा ३५० बढी विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागीता हुने छ । उद्योगी, व्यसायी, पत्रकार, समाजसेवी तथा वित्तिय क्षेत्र र  सामाजिक संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरुलाई कार्यक्रममा निमन्त्रणा गरीएको छ । 
सेमिनारमा ३० मिनेट लामो “जीउदो देवता” नामक नाटक मञ्चन गरिने छ । हालसम्म ४०० ओटा प्रवेश पास वितरण भइसकेको छ । ५० ओटो पास भोलि कार्यक्रमस्थलमा वितरण हुने छ ।