यसरी छछल्कीयो बुटवलमा मातृ वात्सल्यता....


बुटवलमा मानवसेवा आश्रमले आयोजना गरेको आमा सेमिनारमा मातृत्व छछल्किएको छ । कार्यक्रममा आँशु नरसाउनेहरु खास्सै देखिदैन थिए । मातृत्व र मातृभूमिको सम्मानमा मानवता प्रवर्द्धनको  लक्ष्य राखेर मानवसेवा आश्रमले आमा सेमिनारको आयोजना गरेको थियो । 
आमा सेमिनारलाई मानवसेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष तथा प्रमुख उत्प्रेरक रामजी अधिकारीले सहजीकरण गर्नुभएको थियो । 

मातृत्व र मातृभूमिको सम्मानमा भएको उत्प्रेरणात्मक प्रवचन र विभिन्न मर्मस्पर्षी प्रसंगहरुले सभभागीहरुको मन तानेको थियो । कार्यक्रम अवधिभर आँखा नरसाउने र खित्का छाडेर नहाँस्ने सहभागी सम्भवत कोही रहेनन् । 
 

कार्यक्रममा सबै सहभागीहरुले आफूलाई जन्मदिने मातापितालाई सम्झिए, मातृवात्सल्यता र पितृ स्नेहलाई महसुश गरे, जीवनको विभिन्न पहलुहरुमा आमाबुबालाई आफुले जानेर नजानेर मन दुखाएको क्षणलाई सम्झिएर पश्चाताप गरे, अब उप्रान्त भुलेरपनि मन नदुखाउने प्रण गरे । 


सेमिनारमै मानवसेवा आश्रमका अभियान्ताहरुले तयार पारेका नाटक “जीउँदो देवता” मञ्चन भयो । नाटक सुभारम्भ भएपछि केही डाँको छाडेर रुन समेत भ्याए । कलाकारको प्रस्तुतिले सबै सहभागीहरु नतमस्तक देखिन्थे । 


२५० जना सहभागी अट्ने हलमा करिब ४५० जनाको सहभागीता रहेको थियो । हल अत्यन्त उकुसमुकुस भएको थियो । कार्यक्रममा सहभागीहरु धेरै विचमै उठेर जालान् भन्ने अनुमान पनि धेरैको थियो । तर कार्यक्रम सुभारम्भ भएपछि अवस्था अत्यन्त फरक भयो । ०१ बजे कार्यक्रम हलभित्र प्रवेश गरेका सहभागी ०५ः३० बजेसम्म हलचल गरेनन्, पानी र पिसावको लागि समेत सहभागीहरु बाहिर निस्केनन् । आयोजकले चिया नास्ताको कुनै तयारी गरेको थिएन, कार्यक्रममा सहभागी भएकाहरुलाई भत्ताको व्यवस्था गरेको थिएन । तरपनि बोलाइएको भन्दा धेरै सहभागीहरु कार्यक्रममा उपस्थित थिए । 

 


 

कार्यक्रममा उपस्थित सबैले जाने बेलामा मानवसेवा आश्रमले बुटवलमा आयोजना गर्न लागेको श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञलाई सफल पार्न सक्दो सहयोग गर्ने प्रतिवद्धता गरे र ५०/५० प्रति निमन्त्रणा लिएर मनभरी मातृवात्सल्यता जगाएर घर फर्केका छन् । धेरैले कार्यक्रम सभाहलबाट बाहिर निस्कदा अर्को कार्यक्र अब कहिले हुन्छ भन्दै बाहिर निस्किरहेका थिए ।