मानवसेवा आश्रमको भवन निर्माणको लागि सैनामैना नगरपालिकाको १५ लाख


घरबार विहिन, बेसहारा, असहाय तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडकमानवहरुको जीवन रक्षा एवं आवस निर्माणको लागि भइरहेको यज्ञमा भवननिर्माणको लागि सैनामैना नगरपालिकाले १५ लाख सहयोग गरेको छ । 


नगर प्रमुख चित्र बहादुर कार्की, उपप्रमुख विना राना, कार्यकारी प्रमुख सहित सम्पूर्ण वडा अध्यक्ष र कार्यपालिका सदस्य सहितको समूह नै महायज्ञस्थलमा उपस्थित भई बेसहाराको संरक्षणको लागि सदैव सैनामैना साथमा रहेको नगर प्रमुख चित्र बहादुर कार्कीले बताउनुभएको छ ।
मेयर कार्कीले बुटवलमा बन्दै गरेको मानवसेवा आश्रमको भवन सैनामैना बाहिर रहेको भन्ने धारणा नरहेको बताउदै भवननिर्माण एवं मानवता प्रवद्र्धनको लागि सदैव सँगै रहने बताउनुभएको छ । उहाँले मानवसेवा आश्रम भविष्यमा नेपालकै ठूलो समाजिक संस्था बन्ने विश्वास समेत राख्नुभयो । 


यस अघि पनि पटक पटक सैनामैनाबाट बेसहारा सहयोगापेक्षीहरुको उद्धार भएको छ, अब खास्सै सैनामैना भित्र कोहीपनि बेसहारा छैनन्, भेटीए हामी सहकार्य गरेर व्यवस्थापन गर्दै मानवताको क्षेत्रमा दुई बर्षको विचमा रुपन्देहीमा ठूलो उपलब्धी हासिल भएको समेत बताउनुभयो।