उत्साहपूर्वक सम्पन्न भयो बुटवलमा महायज्ञ, प्रदेश सरकारले बनाइदिने भयो मानवसेवा आश्रमको भवन


 

बेसहारा सहयोगापेक्षी सडकमानवहरुको जीवन रक्षाको लागि समर्पित परोपकारी संस्था मानवसेवा आश्रम ५ नं. प्रदेश शाखाको आफ्नै  भवन बन्ने निश्चत भएको छ । 

आश्रमको भवननिर्माण तथा अक्षयकोष स्थापनार्थ आयोजना भएको श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञमा रूपन्देहीवासीले देखाएकाे सदासदयता र स्थानिय र प्रदेश सरकरको समेत महत्वपूर्ण प्रतिवद्धता प्राप्त भएपछि आश्रमको भवन निर्माण हुने सुनिश्चित भएको हो । महायज्ञ सुभारम्भ भएसँगै हरेकदिन रुपन्देहीवासीको सहयोग र समुपस्थिति बढेको थियो ।  

 


 

पहिलेको भन्दा दोस्रो, दोस्रो दिनको भन्दा तेस्रो र तेस्रो दिनको भन्दा चौथो दिनको सहभागीता उत्साहजन हुँदै आज एक विशेष समारोहबीच श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ समापन भएको छ । महायज्ञलाई सहयोग प्राप्त हुने क्रम जारी रहेकोले एकिन तथ्याकं नआइसकेको  भएपनि हालसम्म  तिन करोड अड्सठ्ठी लाख सहयोग संकलन भएको छ । 


महायज्ञमा स्थानिय जनसहभागीता देखी स्थानिय सरकार र प्रदेश सरकारको समेत उल्लेख्य सहयोग प्राप्त भएको छ । निजि क्षेत्रबाट महायज्ञमा तिलोत्तमा निवासी राजन खत्रीले सबैभन्दा बढी योगदान गरेका छन् । उनले निर्माण हुँदै गरेको भवनको दुई कोठा निर्माणको लागि रु ११ लाख एघार हजार एक सय एघार सहयोग पु¥याएको हो । 

सहयोग हस्तान्तरणपश्चात् सम्मान ग्रहण गर्नुहुँदै सहयोगी राजनराज खत्रीज्यु

त्यस्तै मूल आयोजक समिति संयोजक लोकनाथ भूसाल र आश्रमका अभिभावक दुर्गा पाण्डेले रु दश दश लाख योगदान गर्नुभएको महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष चिन्तामणि पाण्डेले बताउनुभयो । 


महायज्ञमा बुटवल उपमहानगरपालिकाले ३१ लाख, तिलोत्तमा नगरपालिकाले २० लाख र सिदार्थ नगरपालिकाले ११ लाख एघार हजार एकसय एघार सहयोग गरेका छन् । महायज्ञलाई सफल पार्न मानवसेवा आश्रमका सद्भावनादुत मदनकृष्ण श्रेष्ठ र हरीबंश आचार्य समेत बुटवल आउनु भएको थियो । संस्थाका प्रमुख संरक्षक डा. गोविन्द टण्डन, मानवसेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारी लगाएत सम्पूर्ण प्रदेश संयोजक र जिल्ला संयोजकहरु समेत महायज्ञमा केन्द्रित भएका थिए । 

 
 

कुनैपनि हालतमा भवनलाई अधुरो हुन दिन्न, : मन्त्री शुदर्शन बराल 
श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञको समापनको दिन ५ नं. प्रदेश सरकारका माननिय सामाजिक विकास मन्त्री सुदर्शन बरालले मानवसेवा आश्रमको भवन कुनैपनि हालतमा निर्माण हुने बताउनु भएको छ । 
उहाँले मानवसेवा आश्रमको भवननिर्माणको लागि प्रदेश सरकार प्रतिवद्ध रहेको समेत बताउदै जनस्तरबाट संकलित रकम भवनको डेकोरेसन र सेवाको लागि आवश्यक सामाग्री जुटाउन खर्च गर्नुहोस् भन्दै मानवसेवा आश्रमको भवन प्रदेश सरकारले बनाइदिने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ । 


मानवसेवा आश्रम र राष्ट्रिय परोपकार महासंघ नेपाल भगिनी संस्था 
महायज्ञको अन्तिमदिन मानवसेवा आश्रम र राष्ट्रिय परोपरकार महासंघबीच भगिनी सम्बन्ध स्थापित भएको छ । मानवसेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारी र राष्ट्रिय परोपकार महासंघका केन्द्रिय अध्यक्ष भागवत भाष्कर गुरु कमल नयन गौतमले हस्ताक्षर गर्नुभएको छ । 
भागवत भाष्कर कमलनयन गौतमज्यु श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञका प्रमुख वाचक समेत हुनुहुन्थ्यो । राष्ट्रिय परोपकार महासंघले बेसहारा बालबालिकाहरुको संरक्षण, जेष्ठा नागरिक मनोरञ्जन कन्द्र सञ्चालन तथा अन्य सामाजिक तथा आध्यात्मिक जागरणको कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । 


महायज्ञलाई सफल बनाउने सहयोग गर्नुहुने सम्पूर्णलाई फागुन १७ गते सम्मान गरिने : 
भवननिर्माण एवं अक्षयकोष स्थानार्थ आयोजना भएको महायज्ञलाई सफल पार्न योगदान गर्ने सम्पूर्ण सहयोगीहरुको सम्मान र पत्रकार सम्मेलन फागुन १७ गते शनिवार सम्मान गर्ने  तय भएको मानवसेवा आश्रम ५ नं. प्रदेश संयोजक शुशिला केसी रुपाले जानकारी दिनुभएको छ ।