बाग्मति प्रदेश सरकारको बार्षिकोत्सवमा मानवसेवा आश्रम सम्मानित


बाग्मति प्रदेश सरकारको दास्रो बाािर्षकोत्सवमा मानवसेवा आश्रम सम्मानित भएको छ । प्रदेश सरकारको दोस्रो बार्षिकोत्सवमा मानवसेवा आश्रम सम्मानित भएको हो । सम्मान आश्रमका केन्द्रीय सदस्य उमा भण्डारीज्युले ग्रहण गर्नुभएको छ । सम्मान बाग्मति प्रदेका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईज्यु र मा.मुख्यमन्त्रि डोरमणि पौडेलज्युले सम्मान प्रदान गर्नुभएको थियो ।

  
मानवसेवा आश्रमले सहयोगापेक्षी सडकमानवहरुको मानवोचित व्यवस्थापनको माध्यमबाट सामाजिक क्षेत्रमा पु¥याउदै आइरहेको योगदानलाई आधार मानी सम्मान पत्र प्रदान गरीएको सम्मान पत्रमा उल्लेख छ । 


मानवसेवा आश्रमले बाग्मति प्रदेशभित्र मकवानपुरको हेटौंडा, चितवनको भरतपुर, काठमाडौंको सामाखुशी र बुढानिलकण्ठ, ललितपुर र भक्तपुरको हात्तिवन र भक्तपुरको कौशलटारमा समेत मानवसेवा आश्रमले आफ्नो सेवाकेन्द्रहरु सञ्चालन गरी ५०० बढी सहयोगापेक्षी मानवहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।