Cell: +977 9855076004

Email:manavsewaashram2082@gmail.com

Introduction


हाम्रो सपना :
मानवीयताको राष्ट्र नेपाल (The Country Of Humanity)

१. परिचय : 
खुला आकाशमुनी सडकपेटी एवं सार्वजनिक स्थलहरुमा अत्यन्त कष्टपुर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी (अनाथ, अपाङ्ग, अशक्त, असाहय एवं मनोरोगी) मानवहरुको सेवा गर्ने उद्धेश्यले मकवानपुरको हेटौंडाबाट सुभारम्भ भएको एक विशुद्ध परोपकारी संस्था हो मानवसेवा आश्रम । 

 

२. पृष्ठभूमी : 
अनेकौ राजनैतिक व्यवस्थाहरुबाट गुज्रिदै नेपाल लोक कल्याणकारी संघिय गणनत्त्रातमक राज्य राज्य व्यवस्थामा प्रवेश गरेको छ भने देशको संविधानले हरेक नागरिकको सम्मानपुर्वक बाँच्न पाउने अधिकारलाई मौलिक हकको रुपका व्याख्या गरेको सन्दर्भमा देशका सडकगल्ली र सार्वजनिक स्थलहरुमा आजपनि कयौं नागरिक एक छाक भोजन र एकसरो कपडाकै भावमा जीवनको भीक मागिरहेका खुला आकाशमुनी कष्टपुर्ण जीवनयापन गर्नुपर्ने देखिन्छ । मानवीय संवेदनाको हिसावले देशकै राज्यव्यवस्था प्रतिनै प्रश्नचिन्न खडा भइरहेको र उनीहरुको तत्काल लौरीस्वरुपको साहारा बनी जीवनरक्षा गर्नु अत्यावश्यक रहेको देखिन्छ ।  यसै कुरालाई महशुस गरि मातृ संस्था सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवन निर्माण अभियान) अन्तर्गत मकवानपुरको हेटौंडामा सकारात्मक सोच प्रवद्र्धन एवं चरित्रनिर्माणका विभिन्न रचनात्मक कार्यक्रमहरु सञ्चालन भइरहेको सन्दर्भमा मानवकै भेषमा जन्मिएरपनि मानव जीवन जीउन नपाएका मानवहरुको संवैधानिक अधिकारको सुनिश्चितताका लागि केहि गरिहाल्नु अत्यावश्यक देखिएकोले मानवसेवा आश्रमका स्थापना भएको हो । 

 

३. मुख्य उदेश्य :
१) खुला आकाशमुनी सडकका किनाराहरु एवं सार्वजनिक स्थलहरुमा कष्टपुर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी व्यक्तिहरु (अनाथ, अपाङ्ग, अशक्त, असाहय एवं मनोरोगी)को उद्दार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारीक पुनर्मिलनको माध्यमबाट नेपाललाई नै सडकमानमुक्त नेपाल निर्माण गर्ने । 
२) जन–जनमा सत्य, न्याय, अनुशासन, दया, माया, करुणा जस्ता मानवीय भावनाको विकास गराई सकारात्मक सोच, सृजनशीलता, रचनात्मकता, मानवीयता र सामाजिक भावना सहितको एक असल, चरित्रवान, विवेकशिल एवं आत्म–संयमित नागरीक निर्माणको लागि विभिन्न जीवनोपयोगी, उत्प्रेरणात्मक, प्रेरणादायी एवं रचनात्मक तालिम, गोष्ठी, अन्तक्रिया एवं कार्यक्रमहरुको माध्यमबाट   अन्ततः नेपाललाई नै मानवीयताको राष्ट्र नेपालको रुपमा विश्व मानचित्रमा नेपालको गरिमालाई बढाउने । 

 

४. हाम्रा सेवाहरु : 
१) घरबार विहिन, वेवारिसे एवं जीवननै संकटमा परेका मानवहरुको अवस्था अध्ययन 
२) उद्धार, औषधोपचार, एवं पालनपोषण 
३) सुधार पश्चात् परिवार खोजि पारिवारीक पुनर्मिलन 
४) परिवारीक पुनर्मिलन हुन नसकेको मानवहरुलाई आत्मनिर्भर बनाउन  सिपमुलक एवं शैक्षिक कार्यक्रमहरु सञ्चालन
५) कसैलेपनि सडकमा आउन नपर्ने अवस्था निर्माण गर्न रहेक नागरिकला यसप्रती जिम्मेवार बनाउन विभिन्न मानवता प्रवद्र्धन सम्बन्धि कार्यक्रमहरु सञ्चालन ।

 

५. मानवसेवा आश्रमले हालसम्म सम्पन्न गरेको सेवाहरु :
– स्थापनाको छोटो समयमा नै १२,०० जना भन्दा बढी सहयोगापेक्षी व्यक्तिहरुको सेवा गरिसकिएको । 
– करिव ४,००,००० जनाको माझमा सकारात्मक सोच अभिवृद्धि, चरित्रनिर्माण एवं मानवीय मुल्य मान्यता सम्बन्धी कार्यक्रमहरु गराईएको । 
– ३०० जना सहयोगापेक्षी व्यक्तिहरुलाई पारिवारीक पुनर्मिलन गराईसकिएको ।
– दश जिल्लाहरुमा १२ स्थानमा मानवसेवा आश्रमका शाखा तथा उपशाखाहरु सञ्चालनमा रहि ४५० जनाले हाल सेवा लिइरहेको । 
– मुख्य कार्यालय हेटौंडामा करिव २०० जनालाई सेवा दिन सकिनेगरी संस्थाको सुविधा सम्पन्न भवननिर्माण कार्य करिव करिव अन्तिम चरणमा पुगेको । 
–मकवानपुर, चितवन, गोरखा, लमजुङ, बागलुङ जिल्लाको सडकपेटी कोहिपनि मानिस भोकै र नाङै नरहेको अवस्थाको सृजना भइसकेको । 
– मानवता प्रवद्र्धन तथा अभिलेखलाई सहयोग पुर्याउने हेतुले साप्ताहिक टेलिभिजन कार्यक्रम सञ्चालनमा ल्याईएको । संस्थाको हरेक  गतिविधि तथा अत्यावश्यक कुराहरु सञ्चालनमा रहेको प्रकाशन र प्रषारणको लागि केहि समयमा नै देशभरका रेडियोहरुबाट मानवसेवा रेडीयो कार्यक्रम प्रशारण तथा त्रैमासिक स्मारीका प्रकाशन गर्नेगरी कार्य अघि बढीरहेको । 
– गोरखा नगरपालिका र पशुपति क्षेत्रलाई सहयोगापेक्षी सडकमानव रहित घोषणा गरिएको

 

६. भावी योजना :
१) हाल सञ्चालन भैरहेको सम्पुर्ण शाखाहरुलाई प्रभावकारी बनाउदै अवको दुई वर्ष भित्र सातओटै प्रदेश राजधानी र सम्पुर्ण महानगरहरुमा मानवसेवा आश्रमका शाखाहरु सञ्चालन गर्ने । 
२) आगामी ३ बर्ष  ७७ ओटै जिल्लाहरुमा मानवसेवा आश्रमको सम्पर्क कार्यालय सञ्चालन गरी राष्ट्रभर नै मानवता प्रवद्र्धनकालागि विभिन्न गतिविधिहरु नियमितरुपमा सञ्चालन हुने वातावरण निर्माण गर्ने । 
३) दुई बर्ष भित्रै हेटौंडा, चितवन, पोखरा र काठमाडौंको भवननिर्माण कार्य सम्पन्न गर्ने । 
४)  २०७५ सालभित्रै मकवानपुर, लमजुङ्ग, पर्सा, बागलुङ्ग जिल्ला र काठमाडौं, वीरगञ्ज, भरतपुर, पोखरालेखनाथ र ललितपुर महानगरलाई कोहिपनि मानिस खुला आकाशमुनी बाध्यात्मकरुपमारात विताउन विवश सहयोगापेक्षी सडकमानवहरु नरहेको जिल्लाको बनाउने । 
६) आत्मसंयमित, चरित्रवान, विवेकशिल एवं राष्ट्रप्रती जिम्मेवार नागरीक निर्माण गर्नका लागि विभिन्न तालिम, सेमिनार, कार्यशाला, खेल, अन्तरक्रिया कार्यक्रमहरु जन–जनमा पुग्नेगरी निरन्तर सञ्चालन गर्ने । 
७) २०७५को अन्त सम्ममा मानवीयताको राष्ट्र नेपाल नामक एक पुस्तक तयार पार्ने । 
८) समाजमा भएका राम्रा र असल कार्यहरुको सन्देश प्रवाह गर्न विभिन्न रेडीयो, टेलिभिजन, पत्रपत्रिका एवं अनलाईन मिडीयाहरुबाट  संन्देशमुलक कार्यक्रमहरु, वृत्तचित्र एवं सर्ट मुभिहरु उत्पादन एवं प्रसारण गर्ने । 
९) आश्रमको संरक्षणमा रहेका तथा पारिवारीक पुनर्मिलन हुन नसकेको आमाबुबा तथा यूवायूवतीहरुलाई स्वारोजगार बनाउन विभिन्न लघु उद्यमहरु सञ्चालन गर्ने ।
१०) आहारविहार र जीवनशैली परिवर्तनका लागि योग, ध्यान, प्रणायम एवं नियमित सत्संगका विभिन्न शिविरहरु सञ्चालन गर्ने । 
११)  मानवीयताको राष्ट्र नेपाल (The Country Of Humanity Nepal) निर्माणको लागि राष्ट्रिय मावता प्रवद्र्धन कोष निर्माण गर्ने । 
१२) यूवाहरुलाई समाजको सकारात्मक रुपमान्तरणमा अभिप्रेरित गर्ने अभिष्टानुसार यूवा आदर्श सम्मान कार्यक्रम तथा स्वयंसेवक बर्ष सम्मान कार्यक्रम हरेक बर्ष सञ्चालन गर्ने ।
१३) असल साहित्य तथा सृजनाको उत्पादन, प्रकाशन तथा प्रचार प्रसारमा महत्वपुर्ण भुमिका निर्भाह गर्ने ।  
१४) उद्धार, उपचार, पालनपोषण एवं पारिवारीक पुनर्मिलनको माध्यमबाट २०८२ साल अवको ८ बर्ष भित्र नेपालको कुनैपनि सडकपेटी एवं सार्वजनिक स्थलहरुमा अत्यन्त कष्टपुर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी व्यक्तिहरु (खुला आकाशमुनी रात विताउन विवश, घरवार विहिन, वेवारिसे एवं मनोरोगी मानवहरु) रहनुनपर्ने अवस्थाको सृजना गर्ने ।
१५) मानवीयताको राष्ट्र नेपाल (The Country Of Humanity Nepal)  निर्माणको परिकल्पनालाई साकार पार्न २०८२ सालसम्म कम्तिमा १००० जना जुजारु, शिर्जनशिल, मानवताप्रेमी, पुर्णकालिन अभियन्ता तथा एकलाख जनाको स्वंयमसेवी समुह तयार पार्ने ।  
१६) २०८२ सालभित्र संस्थाबाट विश्वकै उत्कृष्ट Motivational Trainer (Life Coach) कम्तिमा १५ जना तयार हुने र पार्ने । 
१७) २०८२ सालभित्र ७ ओटै प्रदेशहरुमा साँचो जीवननिर्माण विद्यालय सञ्चालन गरी संस्कारयूक्त विद्यार्थीनिर्माण गर्ने कार्यको सुभारम्भ गर्ने । 
१८) देशभर पछिल्लो समय बढ्दै गईरहेको मनोरोगीहरुको उचित औषधी उपचार तथा यसको न्यूनिकरणको लागि (Mental Health Hospital And Reserch Center) र बोद्धिक अपाङ्गता(सुस्त मनस्थिती) भएका बालगोपालहरुको लागि छुट्टै शाखा सञ्चालन गरी विशेष किसिमको सेवा उपलब्ध गराउने ।  
१९) हरेक परिवारले आफ्नो सदस्यहरुलाई परिवारभित्रै उचित सम्मान गर्ने वातावरण निर्माण गरी सडकमा आउन नपर्ने अवस्था सृजना गर्न विभिन्न चरित्रनिर्माण एवं नैतिक जागरण कार्यक्रमहरु सञ्चालन गर्ने । 
 

 

७. आश्रम सञ्चालनको स्रोतहरु : 
कुनैपनि वैदेशिक दातृ निकायहरुको शर्तसहितको सहयोग नलिइ नेपाल सरकार र नेपाली परोपकारी मनहरुको स्वच्छिक सहयोग एवं मानवसेवा आश्रमले आयोजना गर्ने विभिन्न तालिम कार्यक्रमहरुबाट प्राप्त सहयोग नै मानवसेवा आश्रम सञ्चालन को मुख्य स्रोत हो । 

 

८​. कसरी सहयोग पुर्याउन सकिन्छ ?
सहयोगापेक्षी सडकमानव रहित नेपाल निर्माण गर्ने साझा लक्ष्यलाई पुरा गर्न सम्पुर्ण वित्तिय संघसंस्था तथा कर्पोरेट हाउसहरुले निम्नानुसार वा आपसी समझदारी अनुसार सहकार्य गर्न सकिने छ । 
१) नियमित मासिक वा बार्षीक सहयोगी बनेर: आश्रम सञ्चालन एवं व्यवस्थापनको लागि मासिकरुपमा सहयोगी संस्थाको अनुकुलता हुनेगरि संस्थागत संझौता नै गरेर नियमितरुपमा सहयोग उपलब्ध गराउन सकिने छ ।            
२) विभिन्न शिर्षकहरुमा सहयोग उपलब्ध गराएर: पानी, बक्ति, खाद्यन्न, औषधी उपचार, कर्मचारी खर्च वा विभिन्न शिर्षकहरुमा नियमित सहयोग उपलब्ध गराएर संस्थालाई सहयोग पु¥याउन सकिन्छ । यसरी गरिने सहयोगको लागि पनि आवश्यक अभिलेख तथा डकुमेन्टेसनको लागि संस्थागत संझौता गर्न सकिन्छ भने मानवसेवा आश्रमको नोटीसबोर्डमा उक्त कुराको सुचना राखिने छ । 
३) आवश्यक जिन्सी सामाग्री वा भौतिक संरचनाहरु: संस्थाको सेवालाई प्रभावकारी बनाउन आवश्यक हुने विभिन्न संरचनाहरु जस्तै भवन, कोठा, भान्सा घर, ल्याब वा विभिन्न विभिन्न संस्थाको आवश्यकता अनुकुलता अनुसारको संरचना निर्माण गरिदिएर सहयोग पु¥याउन सकिन्छ । यसरी निर्माण गरिएको संरचनाहरुमा सहयोगी संस्थाले संरचनाको सोभा नविग्रिनेगरी आफ्नो संस्थाको नाम र लोगो राख्न सक्नेछ । 
४) स्वच्छिक सहयोग : कुनैपनि व्यक्तिले मानवसेवा आश्रमको लागि आश्रमलाई प्रयोगहुने जिन्सी सामाग्री वा नगद सहयोग जुनसुकै बेला जुनसुकै परिणाममा पनि सहयोग गर्न सकिन्छ ।