परिचय
सबैको लागि खाना, नाना र छाना
सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन) सडकआश्रित मानव मुक्त राष्ट्र नेपाल निर्माण एवं घोषणा
मानवीयताको राष्ट्र नेपाल (The Country Of Humanity, Nepal)
खुला आकाशमुनी सडकपेटी एवं सार्वजनिक स्थलहरुमा अत्यन्त कष्टपुर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी (अनाथ, अपाङ्ग, अशक्त, असाहय एवं मनोरोगी) मानवहरुको सेवा गर्ने उद्धेश्यले मकवानपुरको हेटौंडाबाट सुभारम्भ भएको एक विशुद्ध परोपकारी संस्था हो मानवसेवा आश्रम ।
क) खुला आकाशमूनी सडकजीवन बिताउन विवश घरबारविहीन, बेसहारा तथा जीवन नै जोखिममा रहेका मनोरागी, अनाथ, अपाङ्ग, अशक्त, असहाय एवं सहयोगापेक्षी मानवहरुको उद्दार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलन तथा पारिवारिक पुनर्मिलन हुन नसकेको मानवहरुको मानवोचित व्यवस्थापन गर्दै २०७८ सालको अन्त्य सम्म नेपाललाई सहयोगापेक्षी सडकमानव रहित नेपाल घोषणा गराउने ।
- सहयोगापेक्षी बेसहारा सडकमानवहरुको अवस्था अध्ययन तथा यथार्थ विवरण संकलन
- उद्धार, औषधोपचार, एवं पालनपोषण
- प्रारम्भिक स्वास्थ्य सेवा
- मनोचिकित्सकिय सेवा तथा औषधी उपचार सेवा
- सुधार भएका र सक्षमहरुको लागि जिविकोपार्जन सम्बन्धि तालिम
- सुधार पश्चात् परिवार खोजि पारिवारीक पुनर्मिलन
- पारिवारीक पुर्नस्थापना हुन नसकेका बेसहाराहरुको दिर्घकालिन संरक्षण
- पारिवारीक परामर्श
- अभिलेख तथा प्रतिवेदन
- कसैलेपनि सडकमा आउन नपर्ने अवस्था निर्माण गर्न हरेक नागरिकलाई जिम्मेवार बनाउन विभिन्न मानवता प्रवद्र्धन सम्बन्धि कार्यक्रमहरु सञ्चालन
संस्थाको कार्यक्षेत्र :
दर्ता कार्यालय काठमाडौं, मूख्य कार्यालय, मकवानपुर हेटौंडा सहित ७ प्रदेशको १५ जिल्लाहरुमा २२ ओटा केन्द्रहरुबाट देशैभर रहेका सेवा सञ्चालन भइरहेको छ । हाल १०५० बढी सहयोगापेक्षी सडकआश्रित मानवहरुले संरक्षण लिइरहेको यस मानवसेवा आश्रममा १३० जना समर्पित अभियान्ताहरु र साधकसाधिकाहरु समर्पित रहेका छन् ।
हाल सेवा सञ्चालनमा रहेका जिल्लाहरु:
१) मकवानपुरको लामसुरेधापमा २ वटा सेवाकेन्द्र
२) चितवनको भरतपुर
३) काठमाडौंको सामाखुशी, तौलुङ, बुढानिलकण्ठ र रुद्रेश्वर, बुढानिलकण्ठ
४) ललितपुरको हात्तिवन र नागदह
५) भक्तपुरको कौशलटार
६) गोरखाकोगोरखाबजार
७) लमजुङ्गको बेशीसहर
८) पर्साको बीरगंज
९) बागलुङको बागलुङ बजार
१०) कास्कीको पोखरा र हेम्जा
११) रुपन्देहीको बुटवल सुख्खानगरमा २ वटा
१२) सुर्खेतको बीरेन्द्रनगर
१३) कैलालीको धनगढी
१४) मोरङको विराटनगर स्थित तिलटोलिया र पोखरीया
१५) सर्लाहीको हरिवन
क्र.स.
|
हाल मानवसेवा आश्रमको सेवा सञ्चालन भइरहेका जिल्लाहरु
|
१५ जिल्ला
|
१)
|
सञ्चालनमा रहेका आश्रमहरु (केन्द्र)
|
२२ ओटा
|
२)
|
सडकबाट उद्धार गरी सेवा प्रदान गरिएका सहयोगापेक्षी व्यक्तिहरू
|
४५५५ जना
|
३)
|
सुधारपश्चात् पारिवारिक पुनर्मिलन भएका व्यक्तिहरू
|
१३५० जना
|
४)
|
आश्रमको विभिन्न शाखाहरूमा हाल सेवा लिइरहेका व्यक्तिहरु
|
१०५० जना
|
५)
|
आश्रममा आई अन्तिम संस्कार गरिएका व्यक्तिहरु
|
३५० जना
|
६)
|
मानवसेवा आश्रममा अल्पकालिक सेवा दिइएका व्यक्तिहरु
|
१८०० जना
|
क्र.स.
|
विवरण
|
मिति
|
१)
|
गोरखा नगरपालिका
|
सम्बत् २०७३ चैत्र ५ गते
|
२)
|
मकवानपुर जिल्ला
|
सम्बत् २०७४ फागुन ४ गते
|
३)
|
पशुपति क्षेत्र, गौशाला
|
सम्बत् २०७३ चैत्र २१ गते
|
४)
|
भरतपुर महानगरपालिका
|
सम्बत् २०७५ कार्तिक ९ गते
|
५)
|
बुटवल उपमहानगरपालिका
|
सम्बत् २०७६ पुष ५ गते
|
६)
|
सिद्धबाबा मन्दिर धाम, पाल्पा
|
|