अध्यक्षज्यको संदेश


हार्दिक अपिल तथा सादर अनुरोध​ !
हामी कुनैपनि हालतमा यो देशमा भोकै र नाङ्गै  भई सडकपेटी र सार्वजनिक स्थलमा कष्टपुर्ण जीवनयापन गर्न पर्ने अवस्थाको अन्त्य गर्न प्रतिवद्ध छौं । सिमित स्रोत साधनको प्रयोग र जनमन संकलन अभियानबाटै कुनैपनि वैदेशिक दातृ निकायहरुको सर्त सहितको सहयोग स्विकार नगरीकन मेरो देशमा कोहीपनि नागरिक भोकै र नाङ्गै हुनु पर्दैन भन्ने कुराको हरेक नागरिकमा गरिमाबोध गराउन सक्यौं भने म आफ्नो जीवन सार्थक भएको ठान्नेछु। कयौं नेपालीको जीवनसँग र सम्पुर्ण नेपालिको सभ्यता र गरिमासँग जोडिएको यस अभियानलाई सफल पार्न आ-आफ्नो क्षेत्रबाट भूमिका निर्भाह गर्न सबैमा हार्दिक अपिल गर्दछौं ।
हामी पुर्खाको योगदान र विरताको कारण गर्व गरिरहेका छौं । हामीले आफ्ना लागि मात्र सोच्ने हो भने हाम्रा सन्ततीले हाम्रालाई के भन्लान ?
आऔं सबै सद्संकल्पका साथ अघि बढौं अफुपनि बाँचौ, अरुलाई पनि बचाउँ ।
रामजी अधिकारी
परिकल्पनाकार/संस्थापक केन्द्रिय अध्यक्ष