परिचय


संक्षिप्त परिचय : 
क) संस्थाको नाम : मानवसेवा आश्रम (Manavsewa Ashram)
ख) दर्ता मिति : २०७३/०४/०२   ग) दर्ता नं. ०४/०७४/०७५  घ) संस्था नविकरण भएको मिति : २०७६/०६/२९ 
ङ) संस्था दर्ता भएको निकाय : जिल्ला प्रशासन कार्यालय, काठमाडौं     
च) संस्थाको मुख्य कार्यालय : मकवानपुर, हेटौंडा 
छ) संस्थाको दर्ता कार्यालय : गोगंबु आवासक्षेत्र, सामाखुशी  ज) स.क.प. आवद्धता नं. : ४३८६८
झ) आवद्धता मिति : २०७३/०४/१०
ञ) अन्तिमपटक स.क.प. आवद्धता नविकरण भएको मिति  : २०७६/०८/०८ गते 
 
चाहना ः
सबैको लागि खाना, नाना र छाना
प्रतिवद्धता ः
बेसहारा, असहाय, अशक्त, अभिभावकविहन, सहयोगापेक्षी सडकआश्रित मानव मुक्त राष्ट्र नेपाल
सपना :
मानवीयताको राष्ट्र नेपाल (The Country Of Humanity, Nepal)

 

परिचय : 
खुला आकाशमुनी सडकपेटी एवं सार्वजनिक स्थलहरुमा अत्यन्त कष्टपुर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी (अनाथ, अपाङ्ग, अशक्त, असाहय एवं मनोरोगी) मानवहरुको सेवा गर्ने उद्धेश्यले मकवानपुरको हेटौंडाबाट सुभारम्भ भएको एक विशुद्ध परोपकारी संस्था हो मानवसेवा आश्रम । 

 

मुख्य उदेश्य :
क) खुला आकाशमूनी सडकजीवन बिताउन विवश घरबार विहिन, बेसहारा तथा जीवन नै जोखिममा रहेका मनोरागी, अनाथ, अपाङ्ग, अशक्त, असहाय एवं सहयोगापेक्षी मानवहरुको उद्दार, उपचार, पालनपोषण,  संरक्षण एवं पारिवारीक पुनर्मिलन तथा पारिवारीक पुनर्मिलन हुन नसकेको मानवहरुको मानवोचित व्यवस्थापन गर्दै २०८२ सालभित्र नेपाललाई सहयोगापेक्षी सडकमानव रहित नेपाल घोषणा गराउने । 
ख) जन–जनमा सत्य, न्याय, अनुसाशन, दया, माया, करूणा, अहिंषा जस्ता मानवीय गूणहरुले ओतप्रोत गराई नेपाललाई मानवीयताको राष्ट्र (Country Of  Humanity) को रुपमा निर्माण गर्न विभिन्न जीवनोपयोगी तालिम, सेमिनार, अन्तक्रिया, नाटक एवं मानवता प्रवर्द्धन सम्बन्धि कार्यक्रमहरु सञ्चालन गर्ने । 
ग) नेपाललाई सहयोगापेक्षी सडकमानव रहित बनाइसके पश्चात विश्वभर बाध्यात्मकरुपमा खुला आकाशमुनी रात बिताउन विवश सहयोगापेक्षी सडकमानवहरुको जीवनरक्षाको लागि समर्पित रहने ।  

 

उपलब्ध सेवाहरु : 
  •  सहयोगापेक्षी बेसहारा सडकमानवहरुको अवस्था अध्ययन तथा यथार्थ विवरण संकलन
  • उद्धार, औषधोपचार, एवं पालनपोषण 
  • प्रारम्भिक स्वास्थ्य सेवा 
  • मनोचिकित्सकिय सेवा तथा औषधी उपचार सेवा 
  • सुधार भएका र सक्षमहरुको लागि जिविकोपार्जन सम्बन्धि तालिम
  • सुधार पश्चात् परिवार खोजि पारिवारीक पुनर्मिलन
  • पारिवारीक पुर्नस्थापना हुन नसकेका बेसहाराहरुको दिर्घकालिन संरक्षण  
  • पारिवारीक परामर्श
  • अभिलेख तथा प्रतिवेदन
  • कसैलेपनि सडकमा आउन नपर्ने अवस्था निर्माण गर्न हरेक नागरिकलाई जिम्मेवार बनाउन विभिन्न मानवता प्रवद्र्धन सम्बन्धि कार्यक्रमहरु सञ्चालन

 

संस्थाको कार्यक्षेत्र : 
दर्ता कार्यालय काठमाडौं, मूख्य कार्यालय, मकवानपुर हेटौंडा सहित ७ प्रदेशको १४ जिल्लाहरुमा १९ ओटा केन्द्रहरुबाट देशैभर रहेका सेवा सञ्चालन भइरहेको छ । हाल १०५० बढी सहयोगापेक्षी सडकआश्रित मानवहरुले संरक्षण लिइरहेको यस मानवसेवा आश्रममा १०० जना समर्पित अभियान्ताहरु र साधकसाधिकाहरु समर्पित रहेका छन् । 

 

 

उपलब्धीहरु एवं संस्थाले हालसम्म सम्पन्न गरेको महत्वपुर्ण सेवाहरु:
क्र.स.
हाल मानवसेवा आश्रमको सेवा सञ्चालन भइरहेका जिल्लाहरु 
१४ जिल्ला 
१)
सञ्चालनमा रहेका आश्रमहरु (केन्द्र)
१९ ओटा 
२)
सडकबाट उद्धार गरी सेवा प्रदान गरिएका सहयोगापेक्षी व्यक्तिहरू 
३२४८ जना 
३)
सुधारपश्चात् पारिवारिक पुनर्मिलन भएका व्यक्तिहरू    
१६६८  जना
४)
आश्रमको विभिन्न शाखाहरूमा हाल सेवा लिइरहेका व्यक्तिहरु 
१०५० जना 
५)
आश्रममा आई अन्तिम संस्कार गरिएका व्यक्तिहरु 
४५५ जना 
६)
मानवसेवा आश्रममा अल्पकालिक सेवा दिइएका व्यक्तिहरु 
९९५ जना 

मानवसेवा आश्रमसँमको पहल एवं सहकार्यमा भएका बेसहारा, असहाय, सहयोगापेक्षी सडकआश्रित मानवमुक्त घोषणाहरु ः

क्र.स.
विवरण 
मिति
१)
गोरखा नगरपालिका 
सम्बत्  २०७३ चैत्र ५ गते 
२)
मकवानपुर जिल्ला
सम्बत्  २०७४ फागुन ४ गते 
३)
पशुपति क्षेत्र, गौशाला
सम्बत् २०७३ चैत्र २१ गते
४)
भरतपुर महानगरपालिका
सम्बत् २०७५ कार्तिक ९ गते 
५)
बुटवल उपमहानगरपालिका 
सम्बत् २०७६ पुष ५ गते 
६)
सिद्धबाबा मन्दिर धाम, पाल्पा