Cell: +977 9855076004

Email:manavsewaashram2082@gmail.com

नारकिय जीवन विताइरहेकी पुर्वलडाकु निर्मलाको मानवसेवाले गर्यो उद्धार


विगत ३ बर्षदेखी नारकीय जीवन विताउदै आइरहेकी निर्मला वि.क.को उद्धार भएको छ । माओवादी पुर्व लडाकु समेत रहेकी निर्मलालाई मानवसेवा आश्रमकी महासचिव शुशिला के.सी.को नेतृत्वमा रोल्पा पुगेको उद्धार टोलिले उद्धार गरेको हो । हाल उनलाई मानवसेवा आश्रम ५ नं. प्रदेश शाखा बुटवलमा राखिएको छ । 

पुर्वलडाकुको नारकिय जीवन शिर्षकमा नगरिक दैनिकमा निर्मलाको कहालीलाग्दो जीवनबारे समाचार छापिएपश्चात् मानवसेवा आश्रमले उद्धारको लागि पहल सुरु गरेको थियो ।

यो पनि पढ्नुहोस् ​: नारकीय जीवन बिताउँदै पूर्वलडाकु

स्थानिय गाउँपालिका प्रमुख शान्त ओली, प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एम.सी,  पत्रकार दिनेश सुवेदी, वडा अध्यक्ष लगाएतको उपस्थितीमा निर्मलालाई मानवसेवा आश्रमले उद्धार गरेको हो । उद्धारका लागि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सहसचिव वीर बहादुर राईले आवश्यक समन्वय गरिदिएका थिए ।

त्रिवेणी ५ जुगार जबरबोटकी निर्मला विगत ८ बर्षदेखी मनोरोगकको शिकार भएकी थिइन ।
मनोरोगको कारण ३ बर्षदेखी अचेत बनेकी निर्मलालाई बेलुका अँध्योरो बढ्दै गएपछि बाख्रा र कुखुरासँगै गोठमा सुताउने गरेको र विहान तिनै घर पालुवा पशुपंन्छीसँगै बाहिर सार्ने गरिएको स्थानिय पत्रकार दिनेश सुवेदी बताउछन् ।

माओवादी लडाकुको पाँचौ डिभिजन ब्यारेक दहबनमा हुँदै निर्मला विरामी परेकी थिइन । त्यहि वीचमा उनलाई उपचारका लागि पतिले भारत लगेका थिए । भारतमा मजदुरी गर्दै उनको उपचार गराइएको भनिएपनि निको नभएपछि घरमा फिर्ता ल्याएको निर्मलाको सासु बताउछिन् । अहिले निर्मलाको श्रीमान् दोस्रो विवाह गरेर भारतिरै बस्दै आएका छन् ।

चरम गरिबीमा बाँचिरहेका निर्मालाको परिवारसँग उनको उपचार गर्ने सामथ्र्य थिएन । निर्मलाले उनको आवश्यकताको आधारमा भन्दापनि सासुआमाको फुर्सद मिलेको अवस्थामा स्याहार पाउँथिन ।

कपडामै दिसापिसाव गर्ने निर्मलालाई दिनहुँ कपडा फेरीदिनुपर्दथ्यो तर निर्मलाको परिवारको चरम गरिबीको कारण त्यो सम्भव थिएन । रातको समयमा समेत उनी केही नओच्याई खोरमा सुत्ने गरेकी थिइन ।

घरमा कुर्ने मान्छे नहुँदा निर्मलाको खुट्टा आगोमा प¥यो । दुवै खुट्टा जले तर उपचार गर्ने पैसा नभएपछि सुसुआमाले आफुलाई थाहा भएका जडीबुटी लगाइदिनइन तर जलेको खुट्टा निको भएन ।

निर्मलालाई वर्तमान उपराष्ट्रपति तथा तत्कालीन माओवादी सेनाका सैन्य कमान्डर नन्दबहादुर पुन पासाङले लडाकुसम्बन्धी तालिम दिएका थिए। निर्मलाको बन्दुकको बलमा विभिन्न लडाइँ लडेका अर्का कमान्डर रोल्पाकै वर्षमान पुन ऊर्जामन्त्री छन्न् । माओवादी लडाकुको पाँचौं डिभिजन दहवन रोल्पाका कार्यवाहक कमान्डर राजबहादुर बुढा जिल्ला समन्वय समिति प्रमुख छन। तर उनीहरु कसैको नजर मृत्युसँग संघर्ष गरिरहेकी निर्मलामाथि परेन ।  निर्मलाको घर भएकै क्षेत्रबाट २०६४ मा तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहालले चुनाव जिते ।  २०७० मा माओवादी नेत्री ओनसरी घर्तीले चुनाव जितिन र सभामुख बनिन्न्, यसपाला वर्षमानले चुनाव जिते तर उनीहरुले पनि निर्मलालाई सम्झेका छैनन् ।

आश्रमको उद्धारटोलि रोल्पा पुग्दा भने निर्मलालाई सफा सुग्घर बनाई कपडा फेरेर राखिदिएका रहेछन्, हामी अत्यन्त खुशी भयौं कम्तिमा उद्धार हुने बेलैमा भनेपनि निर्मलाले परिवारको माया पाइन् । उद्धारमा खटिएकीम अश्रमकी महासचिव रुपा के.सी बताइन् ।
आजनै निर्मलालाई स्वास्थ्य परिक्षण गराई औषधी सुरुवात गर्ने आश्रमले तयारी गरेको छ । निर्मला सहित आश्रमले ८५२ जना सहयोगापेक्षी मानवहरुलाई संरक्षण दिइरहेको छ ।

घरबार विहिन, बेसहारा, ससहाय, परित्यक्त तथा जीवन नै जोखिममा रहेका शारिरीक तथा मानसिक रुपमा अशक्त सहयोगापेक्षी मानवहरुको मानवोचित व्यवस्थापन एवं सहयोगापेक्षी सडकमानव रहित राष्ट्र नेपाल निर्माण गर्ने उद्देश्यसाथ मानवीय सेवामा मानवसेवा आश्रमले आफुलाई विगत ७ बर्षदेखी समर्पित गराउदै आइरहेको छ ।