Cell: +977 9855076004

Email:manavsewaashram2082@gmail.com

सकारात्मक सोच : रचनात्मक जीवन कार्यक्रम कतारमा सम्पन्न


मानवसेवा आश्रम अक्षयकोष स्थापनार्थ कतारमा सकारात्मक सोच रचनात्मक जीवन कार्यक्रम सम्पन्न भएको छ । गोरखा समाज कतारको आयोजनामा भएको कार्यक्रमको सहजीकरण आश्रमका केन्द्रिय अध्यक्ष तथा उत्प्रेरक रामजी अधिकारी एवं सामाजिक डा. राजु अधिकारीले सहजीकरण गनुभएको थियो । 

 

दोहाको नाम्जा स्थित शालिमार पार्टीप्यालेसमा भएको उक्त कार्यक्रममा करिब २५० जनाको सहभागीता रहेको आयोजकले बताएको छ । 
कार्यक्रममा मानवसेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीज्युले मानवता, परोपकार र सामाजिक भावना विषयको सहजीकरण गर्नुभएको थियो भने अभियान्ता डा. राजु अधिकारीले स्वास्थ जीवनशैली विषयमा सहजीकरण गर्नुभएको थियो । 

 

मानवीयताको राष्ट्र नेपाल निर्माण गर्ने प्रमुख उद्देश्य बनाएका मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीको यो कतारमा भएको दोस्रो कार्यक्रम हो । यस अघि मानवसेवा आश्रम गोरखा शाखाका बालगोपालहरुको लागि शिक्षा दिक्षाका लागि सहयोग पु¥याउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको थियो । 


गोरखा समाज कतारका बरिष्ठ उपाअध्यक्ष एवं कार्यक्रम संयोजक रामजी खत्रीज्यूले सञ्चालन गर्नुभएको कार्यक्रमको सभाअध्यक्षता गोरखा समाज कतारका अध्यक्ष राजेश्वर ढकालले गर्नुभएको थियो । कार्यक्रममा स्यांजा सेवा समाज कतारका अध्यक्ष अजमन अलिले कतरका लागि यस कार्यक्रम आजसम्मकै पृथक रहेको भावना राख्नुभएको थियो ।