Cell: +977 9855076004

Email:manavsewaashram2082@gmail.com

कर्णाली प्रदेशमा शाखा विस्तारको तयारी / सातै प्रदेशमा मानवसेवा आश्रम


मानवसेवा आश्रमले सुदुर पश्चिमको कैलाली पश्चात् कर्णाली प्रदेशमा शाखा विस्तारको लागि तयारी सुरुवात गरेको छ। खुला आकाशमुनी कसैलेपनि कष्टपुर्ण जीवनयापन गर्न नपर्ने राष्ट्र निर्माणको लक्ष्य लिएको आश्रमले चैत्र मसान्तभित्र सातओटै प्रदेशमा शाखा विस्तार गर्ने योेजना बनाएको थियो । सोहि अनुसार एक महिनाभित्रै कर्णाली प्रदेशमा र चैत्र मसान्तभित्र १ नं. प्रदेशमा मानवसेवा आश्रमले आफ्नो शाखा विस्तार गर्नेछ ।  

(तस्वीरमा क्रमश  मानवसेवा आश्रम कर्णाली प्रदेश संयोजक सृजना ओलीज्यूमुख्यमन्त्री कार्यालयका सचिव यज्ञ बरालज्यूमुख्य सचिव राम प्रसाद थपलियाज्यूकर्णाली प्रदेशका मुख्यमन्त्री माननीय महेन्द्र बहादुर शाहीज्यू,  मानवसेवा आश्रमका संस्थापक केन्द्रिय अध्यक्ष रामजी अधिकारीज्यू र कोषाअध्यक्ष होमनाथ तिमल्सिनाज्यू,)

यसै सन्दर्भमा मंसिर १७ गते सोमबार कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा जीवन नै जोखीममा रहेका सहयोगापेक्षी मानवहरुको जीवनरक्षार्थ सरोकारवाला निकायहरुसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। 

(मानवसेवा आश्रमको शाखा विस्तार तथा सडकमानवहरुको व्यवस्थापनको लागि कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम)

मानवसेवा आश्रमले सहजीकरण गरेको उक्त कार्यक्रमको संयोजन आश्रमका अभिभावक तथा प्रदेश नं. ६ का मुख्य सचिव राम प्रसाद थपलियाज्यू, र सामाजिक विकास मन्त्रालयमा सचिव डा. मान बहादुर वि.के.ज्यूले गर्नुभएको कार्यक्रममा मुख्य मन्त्री कार्यालयका सचिव यज्ञ बरालज्यू, विरेन्द्र नगर नगरपालिकाका प्रमुख देव कुमार सुवेदीज्यू, शशस्त्र प्रहरी ६ नं. वाहिनी मुख्यालयका प्रमुख डि.आ.जी.राजु सुवालज्यू, प्रदेश प्रहरी कार्यालय ६ नं. का प्रहरी बरिष्ठ उपरिक्षक मोहन कुमार आचार्यज्यू, कर्णाली प्रदेश पत्रकार महासंघका अध्यक्ष गणेश कञ्चन भारतीज्यू, लगाएत सुर्खेत जिल्लामा कार्यरत विभिन्न संघसंस्थाका करिब ६० जना प्रमुख तथा प्रतिनिधिज्यूहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण मानवसेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीज्यूले गनुभएको थियो । 


कार्यक्रममा उपस्थित सम्पुर्ण व्यक्तिहरुले कणाली प्रदेशमा मानवसेवा आश्रमको शाखा विस्तार गर्न आफ्नो क्षेत्रबाट हुनसक्ने प्रतिवद्धता व्यक्त गर्दै यथासम्भव चाँडो शाखा विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । 
कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालयको आयोजना तथा मानवसेवा आश्रमको सहजीकरण खुला आकाशमुनी कष्टपुर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी मानवहरुको मानवोचित व्यवस्थापन एवं जीवन रक्षाको लागि सरोकारवाला निकायहरुसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

सामाजिक विकास मन्त्रालयका सचिव मान बहादुर वि.के.ज्यूले सञ्चालन गनुएभएको कार्यक्रमको सहजीकरण मानवसेवा आश्रमका संस्थापक केन्द्रिय अध्यक्ष रामजी अधिकारीज्यूले गर्नुभएको थियो । 
कार्यक्रममा कर्णाली प्रदेशका मुख्य सचिव राम थपलियाज्यू, कार्यक्रममा संस्थाको सेवालाई महसुश गरी सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख यशोदा शर्माज्यूले व्यक्तिगतरुपमा रु. ३०,००० रुपैया, ममता नगालज्यूले मासिक १,००० रुपैया सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ भने वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देव कुमार सुवेदीज्यूले व्यक्तिगत तथा संस्थागतरुपमा हुनसक्ने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 


कार्यक्रममा कर्णाली प्रदेशका मुख्य सचिव राम थपलियाज्यूले मावनसेवा आश्रमले मानवता प्रवद्र्धनको क्षेत्रमा पु¥याइरहेको योगदानको प्रसंशा गर्दै राष्ट्रनिर्माण राज्यले मात्र चाहेर गर्न नसकिने विषय भएकोले मानवीयताको प्रदेश कर्णाली प्रदेश बनाउन सम्प्ुर्ण उपस्थित सरोकारवाला निकायहरु तथा सम्पुर्ण कणाली प्रदेश वासीलाई आव्हान गर्नुभयो । 
कर्णाली प्रदेश मुख्य मन्त्रीको कार्यालयमा मन्त्रालय परिवारका कर्मचारीहरुको माझमा तवान व्यवस्थापन एवं मानवता प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको छ । कर्णाल प्रदेश सरकारका मुख्य सचिव राम थपलियाज्यूले कार्यक्रमको संयोजन गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीज्यूले गर्नुभएको थियो