Cell: +977 9855076004

Email:manavsewaashram2082@gmail.com

मकवानपुर, चितवन र काठमाण्डौं तीन महिनाभित्रै सडकमानवमुक्त बन्ने


मकवानुपर, चितवन र काठमाण्डौंलाई  खुला आकाशमुनी रात बिताउन विवश सहयोगापेक्षी मानवहरु (घरबार विहिन, वेसहारा, परित्यक्त एवं जीवन नै जोखिममा रहेका मानवहरु) रहित जिल्ला घोषणा गर्ने तयारी भइरहेको छ । मानवसेवा आश्रमले स्थानिय सरकार एवं अन्य विभिन्न सरकारी संघसंस्थाहरुको सहकार्यमा २०६९ सालदेखी यस अभियानलाई निरन्तर अघि बढाउदै आइरहेको छ । 

संस्थाले २०८२ सालभित्र र सम्भव भएसम्म सो अघि नै सडकमानवरहित नेपाल निर्माण गर्ने लक्ष्य लिएको छ । यसै अनुरुप यहि मंसिर ८ गते सहयोगापेक्षी सडकमानवरहित हेटौंडा उपमहानगरपालिका ९ नं. वडा कार्यालय घोषणा गरिएको थियो ।  मानवसेवा आश्रम र ९ नं. वडा कार्यालयको संयुक्त आयोजना भएको घोषणा कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ९ नं. वडा कार्यालयका वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीज्यूले ९ नं. वडा कार्यालयलाई सडकमानवमुक्त वडा घोषणा गर्नुभएको थियो । फागुन ४ गते मकवानुर जिल्ला र आगामी बैशाख सम्ममा चितवन जिल्ला घोषणा गर्नेगरी मानवसेवा आश्रमले सेवा तथा सहजीकरण गरिरहेको छ भने  जिल्ला समन्वय समिति मकवानपुरको नेतृत्वमा हाल मकवानपुर जिल्ला घोषणा कार्यक्रमको तयारीअघि बढीरहेको छ । 


स्थापनाको सात बर्षमा ६ प्रदेशको १२ जिल्लामा १४ स्थानमा शाखा तथा उपशाखा विस्तार गरि १८०० बढीलाई सेवा दिएको मानवसेवा आश्रमले काठमाण्डौंमा भने २०७२ सालदेखी शाखा सञ्चालनमा ल्याएको थियो । 
विभिन्न स्थानमा छरिएर रहेका परोपकारी नेपाली मनहरुको स–सानो सहयोग एवं जनमन संकलनबाट सुभारम्भ भएको यस संस्थाले राज्यलाई जिम्मेवार बनाउदै सडकमानवमुक्त राष्ट्रनिर्माणको लागि सहयोगी भुमिका निर्भाह गर्ने रणनिति लिएको छ । 

२०७४ मंसिर १ गते काठमाण्डौंका विभिन्न सडकपेटी एवं सार्वजनिक स्थलहरुमा छरिएर रहेका मानवहरुको व्यवस्थापनको लागि काठमाण्डौं महानगरपालिकासँग सहकार्य गरिसकेपश्चात् आश्रमले सेवालाई फराकिलो बनाउदै लगेको छ । 
२०७५ फागुन ४ गते मकवानपुर जिल्लालाई सहयोगापेक्षी सडकमानवमुक्त जिल्ला घोषणा गर्ने तयारी भइरहेको छ भने २०७६ प्रवेशसँग चितवन र काठमाण्डौंलाई पनि सहयोगापेक्षी सडकमानवमुक्त जिल्ला घोषणा गर्नेगरि गृहकार्य भैरहेको छ  ।

 

सोही सन्दर्भमा काठमाण्डौं महानगरपालिका, नेपाल प्रहरी, पशुपति क्षेत्र विकास कोष र यसै क्षेत्रमा कार्यरत अन्य विभिन्न संघसंस्थाको सहकार्यमा काठमाण्डौं जिल्लालाई नै सहयोगापेक्षी सडकमानवमुक्त जिल्ला निर्माण गर्न गृहकार्य गरिरहेको छ । 

यसै सन्दर्भमा हिजो प्रहरी परिषरमा के कसरी अभियानलाई अघि बढाउने भन्ने योजना निर्माण गर्न बैठक बसेको छ ।  २०७६ को नयाँ बर्षमा काठमाण्डौं जिल्लालाई सहयोगापेक्षी सडकमानवमुक्त जिल्ला घोषणा गर्न सक्नेगरि गृहकार्य भैरहेको छ । 
आश्रकले यस अघि पनि प्रहरीले अघि बढाएको चिसोबाट बचाउने अभियानको क्रममा मानवसेवा आश्रमले ११० जनालाई संरक्षण दिएको थियो ।