Cell: +977 9855076004

Email:manavsewaashram2082@gmail.com

मानवसेवा आश्रमको सेवा जाजरकोट सम्मपनि, दुई मनोरोगीको उद्धार


मानवसेवा आश्रमले जाजरकोटदेखी दुई मनोरोगीलाई उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटको सहयोगमा आश्रमले दुई मनोरोगीलाई उद्दार गरि संरक्षणमा लिएको हो ।


घर परिवार आफन्तबारे केही खुल्न नसकेको अन्दाजी २५ बर्षिय महिला र ४० बर्षिय पुरुषलाई मानवसेवा आश्रम कर्णाली प्रदेश शाखा सुर्खेतले संरक्षण दिएको हो । उनीहरुलाई स्वास्थ्य परिक्षण गराई औषधी चलाइसकिएको मानवसेवा आश्रम कर्णाली प्रदेश संयोजक सृजना ओली बताउनुहुन्छ ।  

घरबार विहिन, बेसहारा, परित्यक्त असहाय तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडकमानवहरुको उद्धार, उपचार, पालनपोषण एवं पारिवारीक पुनर्मिलनको साथमा परिवार हुँदाहुँदैपनि परिवारको सामर्थ नभई बर्षैदेखी बाँधेर, थुनेर वा अमानविय तरिकाले राख्दै आएमा सहयोगापेक्षी मानवहरुको मानवोचित व्यवस्थापनको लागि विगत २०६९ सालदेखी मानवसेवा आश्रम समर्पित हुँदै आइरहेको छ ।


हाल मानवसेवा आश्रमले ६ ओटा प्रदेशभित्र १४ ओटा केन्द्रहरुबाट सेवा प्रदान गर्दै आइरहकोमा एक महिनाभित्रै एक नं. प्रदेशमा आश्रमको शाखा विस्तार गर्ने तयारी गरिरहेको छ ।